> सम-सामायिक > प्युठानमा चट्याङ लागेर दुई जना घाइते


प्युठानमा चट्याङ लागेर दुई जना घाइते

प्युठान समाचार सम्बाददाता
प्यूठान,  ३० फागुन
प्युठानमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज दिउँसो करिव ३ बजे माण्डबी गाउपालिका २ काभ्रेचौर स्थित बसन्त घर्तिको घरमा चट्याङ पर्दा घरमुली ५० बर्षिय बसन्त घर्ति तथा उनको नातिनि श्रृष्टि घर्ति घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
चट्याङको कारण घर्तिको घरको टेलिभिजन, विद्युतको मिटरबक्समा क्षति पुगेको छ । भने घाइतेको घरमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!