> खेलकुद > ब्राजिल र पेरु फाइनलको लागि भिड्दै


ब्राजिल र पेरु फाइनलको लागि भिड्दै

प्यूठान, २१ असार । ब्राजिलमा जारी कोपा अमेरिका २०२० को सेमिफाइनल खेलमा बुधवार विहान ४ः४५ मा ब्राजिल र पेरु भिड्दै छन् । जित निकाल्ने टिम फाइनलमा पुग्नेछ भने अर्जेन्टिना वा कोलम्बियासँग उपाधिको लागि प्रतिष्पर्धा हुनेछ ।

ब्राजिल र पेरु बिच गएको ५ खेलमा ब्राजिलले ४ वटा जित निकालेको छ भने सन् २०१९ मा पेरुले १ खेल मात्र जितेको छ । ब्राजिलले जारी कोपा अमेरिकामा ५ खेलमा ५ नै जित निकालेको छ भने पेरुले ४ जित र १ हार व्यहोरेको छ, हार भएको खेल ब्राजिल सँग भएको थियो । पेरु ब्राजिल सँग ४–० ले हारेको थियो ।

दुवै टिमको र्यांकिङको स्थिती हेर्दा पावर र्यांकिङमा ब्राजिल ६३ र पेरु ३७ रहेको छ । खेल सन्तुलन अन्र्तगत गएको १० खेलमा ब्राजिल ५८.६% र पेरु ४६.६%, गोलको अवस्थामा १० खेल खेल्दा ब्राजिलको ६.३ र पेरु ६.८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *