प्युठान । स्वर्गद्वारी नगरपालिकाले हटाएको कर्मचारीमध्ये केहिलाई पुन:बहाली गरेको छ ।
१४ जना कर्मचारीलाई पुन बहालि गरेको नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । आज कार्यपालिका बैठक बसेर कर्मचारी पुन: बहाली गरेको उहाँले प्युठान समाचारलाई जानकारी दिनुभयो ।
स्वर्गद्वारी नगरपालिकाले ३४ जना कर्मचारी हटाएको थियो । जसले गर्दा स्वास्थ्य सेवा समेत प्रभावित भएको थियो । हिजो मात्र नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीले निर्णय फिता लिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो ।