रमेश गिरी
प्यूठान, २२ चैत्र ।
प्यूठान नगरपालिका वडा नं. ९ ले ज्यालादारी श्रमिक र अति विपन्न वडावासीहरूलाई खाद्यान्न राहत वितरण गरेको छ । वडाका ८६ परिवारलाई परिवारको संख्याको आधारमा चामल, दाल, तेल, सावुन, नुन वितरण गरेको हो ।
वडा क्षेत्रका कोलछापा, मजुवा, ठुलासिम लगायतका स्थानमा राहत वितरण गरिएको वडा अध्यक्ष नेहरसिंह केसीले जानकारी दिनुभयो । पहिलो चरणमा कुल ३६५ जनाले लाभ लिनेछन् ।
राहत सामग्री नपुगेका स्थानमा क्रमशः पु¥याउने योजना रहेको वडा नं. ९ का वडा सचिव ध्रुव बहादुर जिसीले जानकारी दिनुभयो ।
