> खेलकुद > युरो कपः इटली र वेल्स अन्तिम १६ मा


युरो कपः इटली र वेल्स अन्तिम १६ मा

प्यूठान, ७ असार । जारी युरो कप २०२० मा इटली ले वेल्सलाई १–० ले हराएको छ । इटलीको जितमा ३८ मिनेटमा पेसिनाले गोल गरेका थिए । ५४ मिनेटमा एम्पाडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित भएको थिये ।

त्यस्तै स्वीजटरल्याण्डले टर्कीलाई ३–१ ले हराएको छ । स्वीटजरल्याण्डले ५ मिनेटमा सेफ्रोभिचको गोलबाट अग्रता कायम गरेको थियो । २५ मिनेटमा सकारीले गोल गर्दै अग्रता दोव्वर बनाए । ६१ मिनेटमा कभेसीले टर्कीको लागि १ गोल फर्काए । ७६ मिनेटमा सकारीले गोल गर्दै स्वीटजरल्याण्डले ३–१ को जित निकाल्यो ।

समुह ए मा तेस्रो चरणको खेलमा इटली समुह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । दास्रो मा रहेको वेल्स पनि अन्तिम १६ मा पुगेको छ । तेस्रो स्थानमा रहेको स्वीटजरल्याण्डले तेस्रो चरणको खेल पर्खनु पर्नेछ भने टकी युरोकप यात्रा टुंगिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *