> खेलकुद > कोपा अमेरिकामा ब्राजिलको उत्कृष्ट सुरुवात


कोपा अमेरिकामा ब्राजिलको उत्कृष्ट सुरुवात


प्यूठान, ३१ जेठ ।  ४७ औं संस्करणको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले मा शानदार सुरुवात गरेको छ । गएराति भएको सुरुवाती खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।

ब्राजिलका लागि मार्क्विनहोस, नेयमार र गाब्रिएल बार्बोसाले गोल गर्नुभएको हो ।

 

ब्रासिलियामा भएको खेलको २३औं मिनेटमा मार्क्विन्होसले कोपा अमेरिका कै पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका दिलाउनु भएको थियो । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

 

६४औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्नु भएको हो । ८९ औं मिनेटमा बारबोसाले गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।

जितपछि ब्राजिलले समूह बि मा ३ अंक जोडेको छ ।


ग्रुप बि अन्र्तगत नै विहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

१० देश समावेश भएको कोपा अमेरिका २०२१ मा गु्रुप बि अन्र्तगत ब्राजिल सँगै कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुयला रहेका छन् भने गु्रप ए मा अर्जेन्टिना, बोलिभिया, चिली, पाराग्वे र उरुग्वे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *