समाजराष्ट्रिय

प्यूठानमा भोलिबाट यी क्षेत्र यसरी खुल्दैछन्

प्यूठान, २५ भाद्र । प्यूठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा परिमार्जन गरिएको छ ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सार्वजनिक सवारी साधन जोरविजोर अनुसार चलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

सवारीसाधन चलाउदा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पुरा गरेर जोर विजोर प्रणालीमा चलाउनुपर्ने र सिटमा आधा यात्रु राखी ५० प्रतिशत भाडा थप गरेर सञ्चालनमा आउने निर्णय गरिएको प्रजिअ भुसालले बताउनुभयो ।

साथै बजार पूरा रुपमा खुल्ला हुने भएको छ । विकास निर्माणका सहजीकरण गरिने र सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्न नपाईने निर्णय गरिएको उहाँको भनाई छ । होटल खुल्ला रहे पनि प्याकेट बेच्न पाउने तर राखेर खुवाउन नपाईने निर्णय भएको छ । उहाँले भन्नुभयो, ‘मापदण्ड पुरा नगर्नेलाई अनुगमन गरि तत्काल शिल गरिनेछ ।’

Related Articles

Back to top button