प्यूठान, ५ असार । जारी युरो कप २०२० को गयराती भएको दुई खेल बरावरीमा सकिएको छ ।
क्रोयसिया र चेक रिपब्लिक १–१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा चेक रिपब्लिकले स्चकको पेनाल्टि गोल मार्फत अग्रता कायम गरेको थियो । ४६ मिनेटमा पेरिसिकले गोल फर्काएपछि क्रोयसिया बराबरीमा पर्कियो । खेलको अन्तिम सम्म दुवै टोलिबाट गोल हुन सकेन ।
त्यस्ते अर्को खेलमा इङ्गल्याण्ड र स्कटल्याण्ड गोल रहित बराबरी खेलका छन् ।
१ जित र १ बरबरी खेलेका टिमको समान ४ अंक सहित गु्रप डिमा चेकरिपब्लिक पहिलो र इङ्गल्याण्ड दोस्रो स्थानमा रहेका छन् भने १ बरारी र १ हार सहित क्रोयसिया र स्कटल्याण्डको समान १ अंक रहेको छ । ४ वटै टिमले समुह चरणको दोस्रो खेल खेलेका छन् ।
