> खेलकुद > प्युठानको सौतामारेमा भलिबल प्रतियोगिता सम्पन्न


प्युठानको सौतामारेमा भलिबल प्रतियोगिता सम्पन्न

दीपेन्द्र सुनार
झिमरुक । झिमरुक गाउँपालिका वार्ड न १ सौतामारेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। मिसन ग्रासरुट तथा सिर्जनात्मक अभियान अन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो ।

 

प्रतियोगितामा प्युठान, अर्घाखाँची र गुल्मी जिल्ला बाट गरी ११ टिमको सहभागीता रहेको थियो ।

जस-अन्तर्गत प्रथम सौतामारे टाइगर टिम, दोस्रो पोख्रेल एग्रो कृषि फर्म र तेस्रो सन्धिखर्क नगरपालिका अर्घाखाँची भएका छ्न। बिजयी हुने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाएका छन ।

 

साथै सोही कार्यक्रममा झिमरुक गाउँपालिका वार्ड न १ भित्र ८० वर्ष भित्रका जेष्ठ नागरिकहरु लाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।

 

“राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद ” भन्ने मुल नाराका साथ नववर्ष २०८० को पावन अवसर पारी ने.क.पा . एमाले झिमरुक गाउँपालिका वार्ड न १ वडा कमिटी र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *