> सम-सामायिक > स्वर्गद्धारीको निर्णय : क्वारेन्टाइनमा बसेकालाई दिनको २५० रुपियाँ


स्वर्गद्धारीको निर्णय : क्वारेन्टाइनमा बसेकालाई दिनको २५० रुपियाँ

प्यूठान, १८ चैत ।
स्वर्गद्धारी नगरपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्तिका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले प्रतिव्यक्ति दिनको दुई सय ५० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न स्वरुप १४ दिन सम्मको लागि दैनिक दुई सय ५० ले जम्मा ३५ सय रुपियाँ उपलब्ध गराउने नगरप्रमुख नेत्र बहादुर रोकायले बताउनुभयो । क्वारेन्टाइनमा अहिले २१ जना रहेका छन्, उहाँले टेलिफोनमा प्यूठान समाचारलाई जानकारी दिनुभयो ।लकडाउनको कारण काम नपाइ भोकै बस्न बाध्य हुने मजदुरलाई प्याकेजमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको छ । उक्त कोषमा हाल २० लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!