> समाज > कुसुन्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व : सांसद थापा, सरुमारानीमा भाषा तालिम शुरु


कुसुन्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व : सांसद थापा, सरुमारानीमा भाषा तालिम शुरु

प्यूठान । राष्ट्रिय सम्पत्तीको रुपमा रहेको कुसुण्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व रहेको प्रतिनिधि सभा सदस्य सुर्य थापाले बताउनुभएकोछ ।

 

कुसुण्डा भाषा सम्बन्धि राष्ट्रिय स्तरको १५ दिने आधारभुत तालिमको सोमबार प्यूठानमा उद्घाटन गर्दै संसद थापाले लोपोन्मुख समुदायको भाषा संस्कृति संरक्षणसँगै एकीकृत बस्ती बिकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एकीकृत बस्तिले भाषा, संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको भनाई थियो ।

 

भाषा, सस्कृती पहिचान लोप हुन लागेकोले भाषालाई जिवित राख्नुपर्छ भन्ने मान्यताका साथ तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले बताउनुभयो ।

 

भाषा, संस्कृति अधिकार सम्बन्धि एकल अधिकार संबिधानले गाउँपालिकालाई दिएकोले सो सम्बन्धि ऐन समेत बनाएको उहाले जानकारी दिनुभयो । गाउँपालिकामा ६ घर परिवार रहेका छ्न । जिल्लाका सरुमारानी सहित ऐरावाती-६, स्वर्गद्वारी-२ मा गरि ५१ जना कुसुन्डा जातिको बसोवास रहेकोछ ।

 

८ जिल्लामा रहेका कुसुण्डा समुदाय मध्य तालिममा ६ जिल्लाको प्रतिनिधित्व रहेकोछ ।

 

प्यूठान सहित दाङ, सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ र गोर्खा जिल्लामा कुसुन्डा जातिको बसोवास रहेको नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धन बहादुर कुसुन्डाले बताउनुभयो । २०७८ को जनगणना अनुसार २७३ जनसंख्या रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *