> राजनीति > मोहनविक्रम सिंह अस्पतालबाट डिस्चार्ज : यस्ताे छ मोहनविक्रमले लेखेकाे पत्र


मोहनविक्रम सिंह अस्पतालबाट डिस्चार्ज : यस्ताे छ मोहनविक्रमले लेखेकाे पत्र

प्यूठान, ७ जेठ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सवैलाई आभार तथा धन्यवाद दिनुभएको छ ।
मोहनविक्रमले दिएको लिखित मन्तव्य :
आभार तथा धन्यवाद
आज म ह्याम्स अस्पतालबाट डिस्चार्ज भएर कोठामा आएँ । मेरो कोरोना अझै पोजेटिभ नै देखिएको छ । त्यो नेगेटिभ आउन र सन्चो हुन अझै ३ हप्ता जति लाग्छ भन्ने चिकित्सकको भनाई छ । त्यसको लागि अझै उपचार गर्नुपर्ने छ । तर अक्सिजन ज्वरो र प्रेसर सामान्य भएको छ । पहिले निमोनिया देखिएको थियो र त्यो पनि सन्चो भएको छ ।

 

मेरो उपचारमा सहयोग गर्ने ह्याम्स अस्पतालका सबै चिकित्सक, नर्स लगायत सबै सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो स्वास्थ्यलाभको शुभकामना दिनुहुने सबै राजनीतिक नेता, शुभचिन्तक, साथीभाइ इस्टमित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो उपचारलाई विभिन्न प्रकारले सहयोग जुटाइ मद्दत गर्ने पार्टीका सबै साथीहरूप्रति समेतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो उपचार र सेवामा पूरै संलग्न परिवारका सबै सदस्यहरूलाई पनि मैले स्नेहपुर्वक धन्यवाद दिन चाहन्छु ।

 

अहिले म ८७ बर्षमा लागेको छु, करिव २५ वर्षदेखि म मधुमेहको दीर्घ रोगी छु । त्यो अवस्थामा समेत विश्वव्यापी कोभिड-१९ को महामारीमा बिरामी भएर पनि म सन्चो भएर आएको छु भनी प्रसन्नता बाँड्न पाउनु तपाईंहरु सबैको शुभकामना, सहयोग र प्रेमका कारणले नै सम्भव भएको हो । त्यसबाट मलाई देश र जनता तथा पार्टी र क्रान्तिको अरु लामो समयसम्म सेवा गर्ने मौका पाउने छु भन्ने आशा गरेको छु । त्यसका लागि मैले सकेसम्म योगदान दिने प्रयत्न गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *