> समाज > प्यूठानमा २१ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदैं


प्यूठानमा २१ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदैं

प्यूठान, ५ वैशाख । भोलि र पर्सी देशरभर जस्तै प्यूठानमा पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदैंछ ।

६ महिनादेखि ५ बर्षमुनिका २१ हजार बढी बालबालिकालाई सोमवार र मंगलवार भिटामिन ए र जुकाको औषधी खुवाइन लागिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

जिल्लाभरी रहेको ६ महिनादेखि ५ बर्षमुनीका २१ हजार ४२८ बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मदुसुदन खड्काले जानकारी दिनुभयो । भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

 

कार्यक्रम अन्तर्गत ६ महिना देखि १ बर्षसम्मका वालवालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्षमुनिका वालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको हो ।

 

उक्त कार्यक्रमका लागी जिल्लाभरी ४४१ स्वयमंसेविका परिचालन गरिएका छन् । महिला स्वयमंसेविकाले शनिवार प्रत्येक स्थानिय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट भिटामिन ए र जुकाको औषधी खुवाउने र छुटेका बालबालिकालाई घरमै गएर खुवाइनेछ ।

 

बच्चाको पेटमा जुका परेपछी रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ए को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागी बच्चाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईन लागेको हो ।

 

सरकारले हरेक ६/६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाईदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *