> राष्ट्रिय > महिला दिवस सम्बन्धी अन्तर्किया कार्यक्रम


महिला दिवस सम्बन्धी अन्तर्किया कार्यक्रम

प्यूठान, २३ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको पुर्वसन्ध्यामा ऐरावती गाउँपालिकामा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) , सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सौजन्यमा कार्यक्रम गरिएको हो ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवं वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरको अध्यक्षतामा भएको कार्यक्रममा , गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद भुसाल, कार्यपालिका सदस्य अर्जुनकुमार पन्थी, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)  प्यूठानका बिज्ञ प्रेमनारायण श्रेष्ठ , अधिवक्ता माधवा सुवेदी, गाउँपालिकामा कार्यरत कर्मचारी, ऐरावती गाउँपालिका स्तरीय महिला संजालकी अध्यक्ष बसन्ता आचार्य संगै अन्य पदाधिकारी, आमा समुहमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा युएनएफपीएका प्युठान बिज्ञ श्रेष्ठले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै अधिबक्ता सुवेदीले कानुनी प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले संविधानले महिलाका हक, अधिकारलाई लिपिबद्द गरेको छ ती अधिकारहरुको महिलाहरुले अध्ययन गर्नुपर्ने बताउनुभयो । महिला र पुरुष समान भएकाले विभेद हुनका लागि रोक्न महिलाहरु अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । गाउँपालिकाले महिला दिवसको अवसरमा अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरु गर्ने उहाँले बताउनुभयो ।

 

त्यस्तै कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं गाउँपालिकाका कार्यवाहक अध्यक्ष रोकामगरले समाजमा छोरा छोरीमै भेदभाव हुने गरेकोले यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । यस कार्यक्रमले भोलि मनाउने महिला दिवसका कार्यक्रमलाई थप सहज बनाएको भन्दै महिलाहरु कानुन संवद अगाडि बढन जरुरी रहेको उहाँको भनाई थियो । विभिन्न निकायमा महिलाहरुले नेतृत्व गरिरहेकाले यस क्षेत्रका महिलाहरुपनी एकजुट भएर अगाडि बढन उहाँले आग्रह गर्नुभयो ।

 

उता ऐरावती गाउँपालिका स्तरीय महिला संजालकि अध्यक्ष आचार्यले महिलाहरुले राज्यबाट पाएका अधिकारहरु ग्रहण गर्न नपाएको बताउनुभयो ।प्रीतृसत्तालाई समाजबाट जबसम्म फाल्न सक्दैनौ तबसम्म राज्यले दिएको अधिकार पाउन नसक्ने बताउनुभयो । आफ्ना अधिकार प्राप्त गर्न महिलाहरु एकजुट भएर अगाडि बढनुपर्ने समेत उहाले बताउनुभयोकीमहिला दिवसको अवसरमा फागुन २४ गते भोलि ऐरावती गाउँपालिकाका वडा स्तरमा विविध कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *