प्यूठान । नेपालको नयाँ नक्सा नापी विभागले आफ्नो वेभसाइटमा राखेको छ।
नेपालको नयाँ नक्सा विभागको वेभसाइट http://dos.gov.np/ मा हेर्न सकिन्छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेपछि विभागले साविकको नक्सा वेभसाइटबाट हटाएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार दिउँसो नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिसकेको छ।
