प्यूठान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ वार्षिक पुर्व समिक्षा कार्यक्रम आज जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२१ को जनवरीदेखि हालसम्म जिल्लामा भएका मानव अधिकार उलंघनका घटनाहरु कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, जिल्ला प्रहरी प्रमुख सत्यनाराण थापा लगायत अधिकारकर्मी, सञ्चारकर्मीले प्रस्तुत प्रतिवेदनमाथी सल्लाह सुझाव राखेका थिए ।
प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाबारेमा जानकारी गराउँदै इन्सेकले गर्ने कार्य, वर्ष पुस्तक प्रकाशन लगायका काम प्रभावकारी भएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सत्यनारायण थापाले नागरिककको अधिकारप्रति प्रहरी प्रशासन संवेदनशिल रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले बलात्कार सम्वन्धी ७ वटा, यौन दुव्यवहार सम्वन्धी ३ वटा, हत्या सम्वन्धी २ र राजनैतिक कार्यकर्तावीच झडप सम्वन्धी १ र घरेलु हिंसा सम्वन्धी १३ वटा गरी २६ वटा घटना जिल्लामा भएको प्रस्तुत गर्नुभयो ।
इन्सेकले वर्षेनी देशभरका मानवअधिकार उल्लंघनका घटनालाई समेटेर वार्षिक पुस्तक प्रकाशन गर्ने गर्दछ । त्यसका लागि अर्धवार्षिक र वार्षिक रुपमा टिपोट गरिएको घटनाको विषयमा सरोकारवालासँग छलफल गरि राय सुझाव लिने गरेको इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले जानकारी दिनुभयो ।