समाज

क्यान्सर पीडित ३१ वर्षिय युवाको उपचारमा आर्थिक अभाव

प्यूठान । सरुमारानी गाउँपालिका–२ मिठिआँपका ३१ वर्षिय दान बहादुर सारुको उपचारमा आर्थिक समस्या भएको छ । विगत ८ वर्षदेखि उनी क्यान्सर रोगसँग जुधि रहेका छन् ।

 

‘शुरुमा टाउकोमा क्यान्सर देखियो, भक्तपुर क्यान्सर अस्पतालमा तीन पटक अपरेसन गरियो ।’ ,दानबहादुरकी श्रीमती सपना सारुले भन्नुभयो, ‘वेच्न मिल्ने सवै सम्पत्ति सकियो अहिले औषधी गर्ने पैसा छैन ।’ टाउकोको क्यान्सर विस्तारै कम्मर मुनि सरेपछि खुट्टा भाँचिइरहने समस्या रहेको उहाँले सुनानुभयो । ‘उहाँ (श्रीमान्)को उपचार र बच्चाहरुले भविष्यको चिन्ता छ ।’ ,उहाँले भन्नभुयो, ‘सास हुँदासम्म आस हुँदो रहेछ ।’

 

सारु दम्पत्ति १२ वर्षिय एक छोरी र ८ वर्षिय एक छोरा छन् । अझै ४ पटक किमो चढाउनुपर्ने डाक्टरको सल्लाह अनुसार यहि मंसिर १८ गते पाटन अस्पताल लैजाने योजना बनेपनि आर्थिक समस्या परेको सपनाले बताउनुभयो ।

 

पालिका अध्यक्ष र कर्मचारीबाट सहयोग
आईतबार सरुमारानी गाउँपालिकाका अध्यक्ष र कर्मचारीहरुले व्यक्तिगत रुपमा दानबहादुरको उपचारका लागि सहयोग गरेका छन् । अध्यक्ष झगबहादुर विश्वकर्मा र पालिका कर्मचारीहरुबाट संकलन भएको १६ हजार २ सय १५ रुपैंया रकम सपनालाई हस्तान्तरण गरिएको हो ।

Related Articles

Back to top button