> राष्ट्रिय > झिमरुक गाउँपालिकाले घरमै पुगेर दियो अपांगता परिचयपत्र


झिमरुक गाउँपालिकाले घरमै पुगेर दियो अपांगता परिचयपत्र

प्युठान । झिमरुक गाउपालिकाले अपांगता भएका ब्यक्तिलाई पहिचान गर्दै घरमै पुगेर अपांगता परिचय पत्र बितरण कार्यलाई निरन्तरता दिएको छ ।

 

सोमबार झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत हरी पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल सहितको टोलीले झिमरुक गाउपालिका-३ ढाकेडी निबासी ५९ बर्षिय लक्ष्मी महतरालाई घरमै पुगेर ‘क’ बर्गको रातो परिचय पत्र दिएको छ । लक्ष्मी बिगत दुइ बर्ष देखि प्यारालाइसिस भएर लाखौ रुपैया खर्च गर्दा समेत निको नभएर थला पर्नु भएको कान्छी बुहारी दबन्ता महतराले बताउनु भयो।

सोहि वडाको दारिमचौर निबासि ५ बर्षिय रियन केसीको घरमा पुगि रातो कार्ड ‘क’ बर्गको अपांगता परिचयपत्र बितरण गरेको छ । जन्मेदेखि ओछ्यानमै थला परेका झिमरुक गाउपालिका ३ दारिमचौरका ५ बर्षिय रियन केसीको अवस्था बोल्न नसक्ने, आँखा नदेख्ने हातखुट्टा चलाउन नसक्ने रहेको आमा करिस्मा केसीले बताउनुभयो ।

 

पालिका भित्रका ‘क’ बर्गका महिला २६ जना पुरुष ४० जना गरि ६६ जनाले परिचयपत्र बितरण गरिएको छ । ‘ख’ बर्गका महिला ७१ जना पुरुष १०७ जना गरि १७८ जना र ‘ग’ बर्गका महिला ४१ पुरुष ४९ जना गरि ९० जना र ‘घ’ बर्गका महिला २४ जना पुरुष ३४ जना गरि ५८ जनाले झिमरुक गाउपालिकाबाट हालसम्म ३९२ जनाले अपांगता परिचयपत्र पाएका छन ।

 

यस अघि झिमरुक गाउपालिकाले अन्य वडाहरुमा घरघरमै पुगेर अपांगता परिचयपत्र बितरण गरेको थियो । गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले भन्नुभयो ‘हामि अशक्त, अपांगता भएका ब्याक्तीको घरमै पुगेर परिचय पत्र जारी गर्ने गरेका छौ । यो काम निरन्तर चलिरहन्छ । गाउँपालिकामा निबेदन दिएपछी गाउँपालिकाको टोलि घरमै आउछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *