> राष्ट्रिय > नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदै सहमति


नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदै सहमति

प्यूठान, २० फागुन । नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ ।

सरकारी वार्ताटोली प्रमुख रामबहादुर थापा बादल र नेकपाका वार्ताटोली प्रमुख एवं पार्टीका प्रवक्ता प्रकाण्डले संयुक्त रुपमा प्रेस नोट जारी गरि उक्त सहमति सार्वजनिक गरिएको हो ।

 

सहमति अनुसार नेकपाले आफ्ना सम्पूणर् राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूणर् राजनीतिक क्रियाकलापहरु शान्तिपूणर् रुपमा सञ्चालन गर्ने र सरकारबाट लगाइएको प्रतिवन्ध हटाउने, सम्पूणर् बन्दीको रिहाई र मुद्धा खारेजी गर्ने विषय रहेका छन् ।

 

सहमतिको विस्तृत विवरण भोलि शुक्रबार सार्वजनिक गर्ने उल्लेख छ । सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *