> विचार > हजार दिने आमा र बच्चाकाे स्वास्थ्य र पाेषणका लागि पालिकाबाट भएको प्रयास : गाेमा रेग्मी


हजार दिने आमा र बच्चाकाे स्वास्थ्य र पाेषणका लागि पालिकाबाट भएको प्रयास : गाेमा रेग्मी

हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणका लागि तपाईको पालिकाले के कस्ता कार्यक्रम सञ्चालन गरिराखेको छ ?
हाम्रो यस स्वर्गद्धारी नगरपालिकामा उपमेयर कोसेली कार्यक्रम हजार दिने आमा र बच्चाको सुरक्षाको लागि गरिएको छ । जसमा जिरो होम डेलिभरी गराउने एउटा लक्ष्य छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई उपमेयर कोसेली कार्यक्रमबाट एउटा झोला त्यसमा हाइजेनिक सामाग्रीहरु छन् । अनि त्यसमा पौष्टिक खानेकुराहरु छन् । औषधीहरु सहित न्यानो झोल वितरण गर्छौ । र २८ सय रुपियाँ सरकारबाट पाउने रकममा एक हजार रुपियाँ उममेयर कोसेली कार्यक्रमबाट थप गरेर ३८ सय रुपियाँ सुत्केरी हुने व्यक्तिलाई दिने गरेका छौं ।

यो कार्यक्रम किन सञ्चालन गर्न जरुरी देखियो ? कसरी सञ्चालन गर्नुभएको छ ?
सर्वप्रथम महिलाहरु सुत्केरी हुँदा कमजोर हुन्छन् भन्ने यथार्थ सवैलाई थाहा नै छ । संस्थामा गएर सुत्केरी गराउन सकियो भने बच्चा पनि सुरक्षित हुने र आमा पनि सुरक्षित हुने सँगै उहाँहरुले केहि पौष्टिक तत्व खान पाउने र उहाँहरुको जाँच हुने हुन्छ । सुत्केरी भएको ३ दिन र सात दिनमा स्वास्थ्यकर्मी घरमै गएर भेटेर उहाँहरुको जाँच गर्ने व्यवस्था पनि मिलाइएको छ ।

यो कार्यक्रम सञ्चालन गरेपछि के कस्तो उपलब्धी भएको छ ?
हामी सन्तुष्ट छौं यो कार्यक्रमदेखि । संस्थामा गएर डेलिभरी हुनेको संख्या बढेको रेकर्ड आएको छ । संस्थामा सुत्केरी हुँदा गर्दा बच्चा पनि सुरक्षित हुन्छ र आमा पनि सुरक्षित हुन्छ । जटिल केस भयो भने रिफर गरेर टाढा पनि पठाउन सकिने अवस्था रहन्छ । त्यसैले आमा र बच्चाको मृत्युदर पनि घटेर आएको छ । र सुरक्षित पनि हुनुभाछ उहाँहरु ।

पालिकाले आमा र बच्चाको स्वास्थ्य र पोषणको सुधारका लागि आगामी दिनमा के कस्तो कार्यक्रम गर्ने योजना बनाएको छ ?
पालिकाले उपमेयर कोसेली कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढेको छ । यो कार्यक्रम निरन्तर चल्छ । थप योजना पनि सोच्नुपर्ने हामीले महशुस गरेका छौं । सुत्केरी हुन महिलाहरु टाढाटाढाबाट आउनुहुन्छ । उहाँसँग लगाउने कपडा हुँदैन । उहाँहरुका लागि आगामी दिनमा आवश्यक पर्ने अन्य सामाग्री उपलब्ध गराउने कोसिस गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *