> समाज > विपत्तको समयमा अग्रणी भुमिका खेल्न अध्यक्ष रानाको आग्रह


विपत्तको समयमा अग्रणी भुमिका खेल्न अध्यक्ष रानाको आग्रह

अध्यक्ष राना

प्यूठान, १६ चैत्र ।
कोरोना भाईरसको संक्रमणबाट सिङ्गो मानव समुदायलाई रक्षा गर्न संचारकर्मीहरुको अग्रणी भुमिका आवश्यक रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महावीर रानाले बताउनुभएको छ । महासंघको ६५ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ेतथ्यपरक समाचार र सचेतनामा भुमिका निर्वाह गर्न आव्हान समेत गर्नुभएको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँगै अगुवा नागरिक संगठनको रुपमा परिवर्तनकारी अभियानहरुमा अग्रदस्ताको भुमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

फेसवुक स्टाटसमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघले आफ्नो ६५ वर्षे यात्रामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि मात्र होइन अगुवा नागरिक संगठनको रुपमा हरेक परिवर्तनकारी अभियानहरुमा अग्रदस्ताको भूमिका निर्वाह गरेको छ । यो क्षेण पनि तथ्यपरक समाचार र सचेतनाद्धारा कोरोना भाईरस बाट सिंङ्गो मानव समुदायलाई रक्षा गर्न अग्रणी भूमिका खेल्नु युगिन आवश्यकता बन्न पुगेको छ । यस अम् कार्यमा सबै पत्रकारहरुलाई सफलता मिल्नेछ नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *