> राजनीति > प्रधानमन्त्रीसँग यस्तो छलफल गरको हुँ : गौतम


प्रधानमन्त्रीसँग यस्तो छलफल गरको हुँ : गौतम

प्यूठान, १४ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं सचिवालय सदस्य बामदेव गौतमले शनिबार प्रधानमन्त्रीसँग भएको छलफलको बारेमा प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री केपी ओली र नेता बामदेव गौतमबीचको भेटलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि गौतमले आज प्रेस विज्ञप्ती जारी गरि भेटमा भएका छलफल र विषयवस्तुबारे स्पष्ट पार्नुभएको हो ।
हिजो (१३ गते) प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ, विज्ञप्तीमा भनिएको छ, पार्टी भित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।
समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टी भित्र उत्पन्न भएका छन । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।, उहाँले प्रेस विज्ञप्तीमा भन्नुभएको छ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु । प्रधानमन्त्री ओली र नेता गौतमबीच चर्काचर्की भएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!