> समाज > अक्षय कोषबाट जगदम्बाका विद्यार्थीलाई पोषकमा सहयोग


अक्षय कोषबाट जगदम्बाका विद्यार्थीलाई पोषकमा सहयोग

प्यूठान, २८ मंसिर । जगदम्बा प्राथमिक विद्यालय मल्लरानी–२ चुजाँखर्कमा स्थापना गरिएको अक्षय कोषबाट विद्यार्थीहरुलाई पोषक खरिदमा सहयोग गरिएको छ ।

विभिन्न व्यक्तिले स्थापना गरेको ४५ हजार बराबरको कोषबाट पोषक खरिदमा सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक गिरीराज पौडेलले जानकारी दिनुभयो ।

जाडो मौषममा न्यानो कपडा खरिदका लागि २५ जना बालबालिकालाई ४ सय रुपैंयाका दरले सहयोग गरिएको हो । विद्यालयमा २० हजार रुपैंया मुलधनको एसआर वि फोर पिसीआई भारती अक्षय कोष, १० हजार रुपैंया मुलधनको भिमा जि.सी. स्मृति कोष, ५÷५ हजार रुपैंया मुलधनको केशर स्मृति कोष र सिमन्ती घर्तिमगर स्मृति कोष रहेका छन् ।

गत बार्षिक परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने जेहेन्दार विद्यार्थी, असाहय विपन्न विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको छ ।
पुरस्कारले विद्यार्थीलाई लगनशिल र उत्कृष्ठ नतिजाका लागि एक आपसमा प्रतिष्पर्धी बनाउन सहयोग पुग्ने भिमा जि.सी. स्मृति कोषका संरक्षक तारापती जि.सी.ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *