प्यूठान, २ बैशाख ।
प्यूठानमा असिना सहितको पानी परिरहेको छ । दिउँसो ३ बजेदेखि ४ बजेसम्म धेरै असिना पानी परेको हो ।
असिना पानीले खेतबारीमा पाकेको जौ, गहुँ, रायो, आलुमा क्षति पु¥याएको छ भने छरिएको मकै नोक्सानी भएको छ ।
१ सय ग्रामको असिना परेको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङका स्थानीय अगे घर्तिले बताउनुभयो ।
झण्डै एक फिट असिना जम्मा हुँदा किसान चिन्तामा परेको वडा अध्यक्ष शेरबहादुर सेनले बताउनुभयो । कोरोना भाईरस र प्राकृतिक विपत्ति एकै पटक पर्दा किसान चिन्तित् भएको उहाँले बताउनुभयो ।


