प्यूठान, १६ मंसिर । नेपाल स्वतत्त्र युवा समाजको सक्रियतामा प्यूठान विजुली बासडाडाका सुरेस बिकको परिवारलाई आर्थिकसहित खाद्यान्न सहयोग गरिएको छ ।
समाजका युवाहरुको सक्रियतामा संकलन गरिएको रकम र खाद्यान्न आज सुरेसको घरमै पुगेर हस्तान्तरण गरिएको समाजका संयोजक जिवन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ हजार २ सय ७५ रुपैँया, २५ किलो चामल, ३ लिटर तेल र २ किलो नुन हस्तान्तरण गरिएको हो । “उहाँको अवस्थाको बारेमा थाहा पाएपछि हामीले सहयोग संकलन अभियान संञ्चालन गरेका हौँ” उहाँले भन्नुभयो, “पहिलो चरणमा आज सहयोग हस्तान्तरण गरेका छौं”।
आगामी दिनमा जिल्लाभित्र रहेका दुखी गरिब सहाराबिहिन ब्यक्तिका लागि पनि आर्थिक संकलन गरि सहयोग गर्ने योजना रहेको संयोजक खनालले बताउनुभयो ।
बिजुली बासडाडाका बुबा केसब बिक र छोरा सुरेस बिक रोजगारीको सिलसिलामा भारत जाने क्रममा प्युठान खलंगामा हर्ट अट्याकका कारण बुबा केसब बिकको केहि दिन अघि बाटो मै मृत्यु भएको थियो भने र उनको मृत्युको २ दिन पछि बिजुली सर्ट भएर घर आगलागी भएको थियो ।












