प्यूठान, ११ मंसिर । त्रिशुलीमा खसेर बेपत्ता भएको भ्यानसँगै २ जनाको शव फेला परेको छ ।
दुर्घटनामा वेपत्ता जमुना रोका र चालक सूर्य के.सीको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । अझै जेनिसा रोकाको अवस्था भने अज्ञात रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
विरामी लिएर प्यूठानबाट काठमाण्डौं जादै गरेको लु १ च ९७३१ नम्वरको पिकअप भ्यान विहिवार विहान साढेँ ५ बजे चितवन इच्छाकामना गाउँपालिका ४ नाग्दी खोला भन्ने स्थानमा त्रिशुली नदिमा खसेर बेपत्ता भएको थियो ।
