> समाज > सामाजिक क्षेत्रका काम गर्न यूवाहरु एकिकृत


सामाजिक क्षेत्रका काम गर्न यूवाहरु एकिकृत

सागर रिजाल
प्यूठान, ५ मंसीर । सामाजिक क्षेत्रका कामहरु गर्नका लागि यूवाहरु एकिकृत भएका छन् । प्यूठान नगरपालिका वडा नं १ र २ क्वाडीका यूवाहरु द राईजिङ्ग युवा क्लव गठन गरी एकिकृत भएका हुन् । जगतबहादुर धामीको अध्यक्षतामा यहाँका ३८ जना यूवा यूवतीहरु समावेश भई सामाजिक क्षेत्रमा काम गर्ने अभियान थालनी भएको हो ।

गत कार्तिक १४ गते क्लब गठन गरिएको अध्यक्ष धामीले बताउनुभयो । क्लब गठन पश्चात क्लबको सकृयतामा क्वाडीमा प्रतिक्षालय निर्माण गरिएको छ । यस ठाउँमा रहेको प्रतिक्षालय जीर्ण भएपछि यो क्लब मार्फत नयाँ प्रतिक्षालय निर्माण गरिएको हो । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले मेयर कोष मार्फत २५ हजार रुपियाँ संगै स्थानीय स्तरका विभिन्न व्यक्तिहरु, व्यपारी लगायतको सहयोगमा एक लाख ३० हजार ३ सय ५२ रुपियाँ लागतमा प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

प्रतिक्षालय निर्माणले यस क्षेत्रका जनतासंगै छिमेकी गाउँ खैरासंगै यात्रुहरु आवतजावतका लागि सहज हुने उहाँले बताउनुभयो । पहिले प्रतिक्षालय सानो र जीर्ण अवस्थामा थियो, अध्यक्ष धामीले भन्नुभयो,–‘अहिले व्यवस्थित प्रतिक्षालय निर्माण गरेका छौँ ।’ स्थानीय टोपली धामीले दिएको निशुल्क जग्गामा प्रतिक्षालय निर्माण गरिएको हो । करिब १५ दिनको अवधिमा प्रतिक्षालय निर्माण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै क्लबका यूवाहरुले सिडीबाट लडेर घाईते हुनुभएका क्वाडीका ६५ वर्षिय टुकबहादुर धामीलाई उपचार समेत गरेका छन्। खुट्टा र करङ्ग भाचिएर घाईते हुनुभएका धामीलाई बुधवार प्यूठान अस्पताल विजुवारमा लगेर उपचार गराएको अध्यक्ष धामीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकेकाले सहयोग गरेको उहाँको भनाई छ । यूवाहरु हरेक क्षेत्रमा पिछडीएकाले सकृय बन्नका लागि र सामाजिक क्षेत्रमा केही काम गर्ने उदेश्यले यूवाहरु एकिकृत भएको अध्यक्ष धामीले बताउनुभयो । यसले समाज परिवर्तन संगै जनचेतना फैलाउनका लागि समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । तदर्थ समिति गरेर सामाजिक क्षेत्रका कामहरु सुरु गरेका छौँ, अध्यक्ष धामीले भन्नुभयो,–‘ नगरपालिकामा दर्ता गरी कानुनी रुपमा अगाडी बढ्ने योजनामा छौँ ।’ केही दिनमा नगरपालिकामा समेत दर्ता गरिने उहाँले बताउनुभयो । समाजमा हुने जुनसुकै प्रकारका काममा हामीहरुको सहभागिता रहने समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *