प्युठान । पहिलो पटक प्युठानमा आएका गायक महेश काफ्ले र एमटी महरको प्रस्तुतिबाट स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवको छैटौं दिन दर्शकले भरपुर मनोरन्जन लिएका छन ।
साथमा चर्चित लोक दोहोरी गायिका राधिका हमालको गीतमा दर्शक नाचेका थिए ।
महेश काफ्लेले माया बिरानी, लज्जावति झार, असारे महिना सिमसिम पानी, तातो गोलि खाउला छातिमा… गीत सुनाएर मनोरञ्जन दिनुभयो । दर्शकको ‘वान्स मोर’ पाएपछि काफ्ले र महरको प्रस्तुतिमा माहोल झन तातिएको थियो ।
कार्यक्रममा आज छैटौं दिन सबैभन्दा बढि दर्शक पुगेका थिए । गायक करण तामाङले समेत प्रस्तुति राख्नुभयो ।
प्युठान डान्स आईडल र लोक दोहोरी प्रतियोगिता समेत संचालन भएको थियो ।
