> समाज > प्यूठानमा ८१ जना बालवालिकामा कोरोना संक्रमण


प्यूठानमा ८१ जना बालवालिकामा कोरोना संक्रमण

प्यूठान, २९ भाद्र । प्यूठानमा हालसम्म ८१ जना बालवालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवारसम्म प्यूठानका विभिन्न स्थानका ८१ जना बालबालिकालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जसमध्ये १० जना बालिका र ७१ जना बालक रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।

संक्रमित मध्ये ७९ जना बालबालिका निको भएर घर फर्किसकेका छन् भने २ जना बालक आइसोलेसनमा रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्य प्रमुख सुवेदिले बताउनुभयो । संक्रमित बालबालिका सबै प्यूठान जिल्लाभन्दा बाहिरबाट आइ क्वारेन्टाइनमा रहेका मध्ये रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *