प्यूठान, ४ कार्तिक । प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीका स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकीमा आकस्मिक तथा डेलिभरी बाहेकका अन्य सेवा बन्द गरिएको छ ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनको समितीको सोमवार वसेको आकस्मिक वैठकले स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक र डेलिभरी बाहेकका अन्य सेवा अर्को सुचना नआउन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।
सोमवार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो ।
