> राष्ट्रिय > प्रदेश पाँचमा भेटिए कोरोना संक्रमित


प्रदेश पाँचमा भेटिए कोरोना संक्रमित

प्यूठान, १९ बैशाख ।
प्रदेश नम्वर पाँचमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश पाँचको रुपन्देही र बाँके जिल्लामा संक्रमित भेटिएका हुन् ।
रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । यससँगै देशभर संक्रमितको संख्या ५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!