> राष्ट्रिय > नेपालमा कोरोना संक्रमितको संख्या १ लाख पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या १ लाख पुग्यो

प्यूठान, २३ असोज । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख बढी पुगेको छ ।

आज शुक्रबार दुई हजार ५९ जना थप संक्रमित भएसँगै संक्रमितको संख्या १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये २७ हजार ५३ जना संक्रिय संक्रमित रहेका छन् । हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । भने ६ सय जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *