> स्थानीय सरकार > पारदर्शि रुपमा सुचना प्रवाह गर्न प्र.जि.अ. भुषालको आग्रह


पारदर्शि रुपमा सुचना प्रवाह गर्न प्र.जि.अ. भुषालको आग्रह

प्यूठान, २० असोज । प्यूठान जिल्लामा पारदर्शि रुपमा सुचना प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो ‘सार्वजनिक सरोकारवाला सुचना अनिवार्य रुपमा प्रवाह गरौ ।’


प्यूठान जिल्लामा रहेर सार्वजनिक निकायहरुमा कार्यरत सुचना अधिकारीहरु बिच भएको अन्तरक्रियामा यस्तो बताउनु भएको हो । साथै कानुनले तोकेको सबै खाले सुचना जान्न पाउने अधिकार सबैमा रहेको प्र.जि.अ. भुषालको भनाइ छ ।
वेवसाइट, फेसबुक तथा सन्चारमाध्यम मार्फत नियमित रुपमा सुचना प्रवाह गरीरहेको सुचना अधिकारीहरुले बताएका छन । उक्त अन्तरक्रिया जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *