प्यूठान, १० असोज । जिल्लामा पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ५४६ पुगेको छ ।
आज शनिबार सरुमारानी गाउँपालिकाका ५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५४६ पुगेको हो ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ४६७ जना निको भएर घर गइसकेका छन् । संक्रमण देखिएकामध्ये २ जनाको ज्यान गएको छ । हाल आइसोलेसनमा ७७ जना संक्रमित रहेका छन् ।














