> Uncategorized > प्यूठानको सीमा नाकामा हेल्थ डेक्स


प्यूठानको सीमा नाकामा हेल्थ डेक्स

प्यूठान, १० चैत ।
कोरोनाको जोखिमबाट बच्नका लागि जिल्ला भित्रने सीमा नाका दरभानमा हेल्थ डेक्स राखिएको छ । सरुमारानी गाउँपालिका २ ददेरीमा सोमबार हेल्थ डेक्स राखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
जिल्ला प्रवेश गर्नेहरुका लागि स्वास्थ्य जाँच तथा परामर्शका लागि डेक्स राखिएको हो ।
यसैगरी स्वर्गद्धारी नगरपालिकाले नगर प्रवेश क्षेत्र लामाचौरमा हेल्थ डेक्स राखेको छ । परामर्श, सावुनपानीले हात धुने व्यवस्था सहितको हेल्थ डेक्स राखिएको हो ।

ददेरीमा बनाइएको हेल्थ डेक्स

प्रचारप्रसार
जिल्लामा कोरोना संक्रमणबाट बच्नका लागि प्रचारप्रसारलाई निरन्तरता दिइएको छ । स्थानीय तह, सरकारी गैर सरकारी निकायले सावधानी अपनाउने प्रचार सामाग्री बनाएर प्रचार प्रसार गरिरहेका छन् ।
फुलवारी एकीकृत ग्रामीण विकास संस्था, गोल परियोजना २ ले समुदायका आफ्ना गतिविधिलाई स्थगित गर्दै कोरोना संक्रमणबाट बच्ने उपायको प्रचार सामाग्री गाउँ गाउँमा वितरण गरेको छ ।

लामाचौरको हेल्थ डेक्स

माक्स वितरण
अनेरास्ववियु प्यूठानले निःशुल्क माक्स वितरण गरेको छ । १३ सय माक्स वितरण गरेको र थप ५ सय माक्स वितरण गर्ने अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुको सचेतना कार्यक्रम

सावुन वितरण
स्वर्गद्धारी नगरपालिका ४ नम्वर वडाले बस्तीका सवै घरमा सावुन वितरण गर्ने योजना बनाएको छ । वडा अध्यक्ष सुरेन्द्र हमालले सवै घरमा हात धुने सावुन वितरण गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *