Uncategorized

कालिकाका विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

प्यूठान । कालिका आवासीय माध्यमिक विद्यालय प्यूठान नगरपालिका–४ विजुवारका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । अस्थायी ट्राफिक पोष्ट विजुवारले ट्राफिक सचेतना सम्वन्धी कक्षा संचालन गरेको हो ।

 

बाटो काट्दा जेब्रा क्रसको प्रयोग गर्ने, पैदल यात्रीले सडकको दायाँ साइड प्रयोग गर्ने, रोकिएको सवारी भन्दा अन्दाजी ५–१० मिटर टाढाबाट बाटो काट्ने विषयमा प्रशिक्षण दिइएको सहायक प्रहरी हवल्दार लछुमन गिरीले जानकारी दिनुभयो ।

 

लाइसेन्स भएकाले मात्र सवारी साधन चलाउने, लाइसेन्स नभई सवारी चलाउँदा हुने कानुनी कारबाही लगायतका बिषयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको सहायक प्रहरी हवल्दार गिरीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button