> समाज > प्यूठानमा दुई कैदीबन्दीलाई सजाय मिनाहा


प्यूठानमा दुई कैदीबन्दीलाई सजाय मिनाहा

प्यूठान, ३ असोज । संविधान दिवशको अवसरमा जिल्ला कारागार प्यूठान बाट दुई जना कैदीले मिनाहा पाएका छन् ।

जिल्ला कारागार प्यूठानमा सजाय भोगिरहेका स्वर्गद्वारी नगरपालिका २ को एक जना र गौमुखी गाउँपालिका ५ को एक जना गरि दुई जना पुरुषले सफाई पाएको जिल्ला कारागार प्यूठानका प्रमुख सुर्य पन्तले जानकारी दिनुभएको छ ।

अंगभंग तथा ज्यानमार्ने उद्योग मा मुद्दा लागेका उनिहरुलाई एक बर्ष भन्दा कम सजाय अवधि बाकी रहेकाले मिनाहाको लागि सिफारिस पठाईएकोमा उनिहरुको सिफारिस पास भएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभएको छ ।

संबिधान दिवशको अवसरमा प्रदेश पाँच बाट ५२ जनाले मिनाह पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *