राष्ट्रियसमाज

संविधान दिवसको अवसरमा पत्रकार भण्डारीलाई जनसेवा श्री (पञ्चम) पदक

प्यूठान, ३ असोज । संविधान दिवस २०७७ को अवसरमा पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जनसेवा श्री(पञ्चम) पदक प्राप्त गर्नुभएको छ ।

जिल्लामा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले राष्ट्रपतिबाटउक्त पदक प्राप्त गर्नुभएको हो ।

त्यसैगरि प्रवल जनसेवा श्री (चतुर्थ) पदक पाउने पत्रकारमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, काठमाण्डौं, राजेश कुमार अर्याल, पाल्पा, गोविन्द प्रसाद भण्डारी, तेह्रथुम, शुभ शंकर कडेल, बाग्लुङ, धर्मेन्द्र कर्ण, धनुषा, शुभेच्छा विन्दु तुलाधर, ललितपुर, चिरन्जीवि मास्के, दोलखा रहनुभएको छ ।

त्यसैगरी जनसेवा श्री (पञ्चम) पदक पाउने पत्रकारमा सुर्यमणि गौतम, सुर्खेत, मोहन बस्नेत, गुल्मी, लिलाराज भट्टराई, सुनसरी, सविन प्रियासन, दाङ, हरिनारायण गौतम, बाग्लुङ, टिका विष्ट, रुकुम रहनुभएको छ ।

Related Articles

Back to top button