> राष्ट्रिय > एसईई नतिजा : प्यूठानका चार हजार विद्यार्थी कुन ग्रेड लिएर पास भए ?


एसईई नतिजा : प्यूठानका चार हजार विद्यार्थी कुन ग्रेड लिएर पास भए ?

प्यूठान । २०७८ को एसईई परीक्षामा १३ जनाले ए प्लस ग्रेड लिएर उत्र्तिण भएका छन् । ४ हजार २०६ विद्यार्थी मध्ये १३ जनाले ए प्लस ल्याएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ ।

त्यसैगरि ६८ जनाले ए, १९५ जनाले बी प्लस, ६१७ जनाले बी, १ हजार ६६१ जनाले सी प्लस, १ हजार ३९३ जनाले सी, १०९ जनाले डी ग्रेड ल्याएका छन् । १५० जना विद्यार्थी परीक्षामा सामेल भएका थिएनन ।

सवैभन्दा बढी जिपिए कसकाे ?

जिल्लामा सवैभन्दा बढी जिपिए मनसुन पाण्डेले ल्याउनुभएकाे छ । कालिका आवाशिय इंगलिश बोर्डिङ स्कुलका पाण्डेले ४ जिपिए ल्याउनुभएको हो । त्यसैगरि लोक चेतना इंगलिस बोर्डिङ स्कुलका विसका रिजालले ३.९० जिपिए र प्यूठान भ्याली एकेडेमीका योगेश भण्डारीले ३.८५ जिपिए ल्याउनुभएको कार्यालय प्रमुख शिवराज पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *