प्यूठान । दुई छुट्टाछुट्टै घटनामा एक जनाको मृत्युु भएको छ भने अर्का एक जना घाइते भएका छ्न । नौबहिनी गाउँपालिका-६ लुङलेखका ५१ वर्षिय मत बहादुर केसीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीबाट घर फर्कदै गर्दा लुङलेख स्थित गोरेटोबाटोबाट १५० मिटर तल घोप्टेभिरमा लडेर बिहिवार साँझ ज्यान गएको हो ।
त्यस्तै ऐरावती गाउँपालिका-४ कैरनमा करेन्ट लागेर एक जना युवा घाइते भएका छ्न । रैनादेवी छहरा पाल्पाका १८ वौषिय सुधन राना घाइते भएका हुन । ट्रककाे छतमा रसि खाेल्ने क्रममा विद्युतकाे तारले छुदा घाइते भएका छ्न ।
गम्भिर अवस्थामा घाइते भएका उनको निमतारा पाेलिक्लिनिकमा उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।






