प्यूठान, ७ भाद्र । प्यूठानमा अवैध रुपमा लुकाईछिपाई राखेको गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा प्यूठान सरुमारानी गाउँपालिका–३ कासकोटका ६२ वर्षीय तोमे बहादुर सामतलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा लुकाइछिपाई राखिएको २१ के.जी. ८६० ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
सामतलाईे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
फोटो स्रोत : गुगल