> राष्ट्रिय > कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय शिल गर्ने निर्णय


कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय शिल गर्ने निर्णय

प्यूठान, ४ भाद्र । झिमरुक गाउँपालिका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय लगायत गाउँपालिकाका विभिन्न क्षेत्र शिल गरिने भएको छ ।

विहिवार पिसिआर परिक्षणको क्रममा झिमरुक गाउँपालिकामा कार्यरत २ जना कर्मचारीलाई कोरोना देखिएपछि बसेको गाउँपालिकाको Crisis Management Center को बैठकले गाउँपालिका कार्यालय, वडा नं ५ को वडा कार्यालय, मच्छी, ढाड र ४ नं वडाको चुधारा बजार क्षेत्र राती १२ बजेदेखि अर्काे सुचना नआएसम्मका लागि पुर्ण शिल गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

संक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरु र अन्य व्यक्तिहरुको स्वाव संकलन गरी पठाउन र संक्रमण फैलिन नदिन शिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत भुसालको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *