> राष्ट्रिय > प्यूठानमा १२ हजारको आँखा जाँच, २६२ को शल्यक्रिया


प्यूठानमा १२ हजारको आँखा जाँच, २६२ को शल्यक्रिया

सुजल श्रेष्ठ

प्यूठान । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १२ हजार बढीले आँखाको जाँच गराएका छन् । आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) विजुवार प्यूठानको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १२ हजार ७३ जनाले आँखा सम्वन्धि उपचार सेवा लिएका हुन ।

 


जसमध्ये २६२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । केन्द्रले प्रत्येक महिना शल्यक्रिया शिविर सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख सुजता भण्डारीले जानकारी दिनुभयो । भैरहवा आँखा अस्पतालसँग समन्वय गरेर शिविर राख्ने गरिएको उहाँको भनाई छ ।

 

केन्द्रमा सवैभन्दा बढी चस्माको समस्या र सिजनल एलर्जिको विरामी पुग्ने गर्दछन । कार्यालय प्रमुख सुजता भण्डारीले भन्नुभयो, “त्यसबाहेक घुरघुरान परेको, मोतिविन्दु, जलविन्दु र पर्दाको समस्या परेका विरामी आउने गर्दछन् ।”

 


जिल्लामा २०६४ देखि सेवा शुरु भएको हो । अहिले स्वर्गद्धारी नगरपालिकामा समेत सेवा विस्तार गरिएको छ । २०७८ असोजदेखि भिंगृमा सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

 

आँखा उपचार केन्द्रमा ७ जना कर्मचारी कार्यरत छन् । चस्मा बनाउने अप्टिसियन र ल्याव असिस्टेन्ट आवश्यक रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

केन्द्रले स्थानीय तहसँग सहकार्य गरि पालिका तथा वडा स्तरमा पुगेर आँखाको जाँच गर्दै आएको छ । आँखाको परीक्षण तथा उपचारका लागि समुदाय स्तरमा जान आवश्यक रहेको प्रमुख भण्डारीले बताउनुभयो । “अझैपनि सवैको पहुँच पुगेको छैन,” उहाँले भन्नुभयो, “त्यसैले गाउँगाउँ पुग्नुपर्ने देखिएको छ ।”

 

जेष्ठ नागरिकले पाए सेवा
आँखा उपचारका लागि जिल्लाका विभिन्न स्थानीय तहले विनियोजन गरेको कार्यक्रमबाट जेष्ठ नागरिकले सेवा पाएका छन् ।

 

पालिका                                    आँखा जाँच                              शल्यक्रिया
प्यूठान नगरपालिका                     २ हजार २२ जना                       ९० जना
झिमरुक गाउँपालिका                    ३३७ जना                               २३ जना
माण्डवी गाउँपालिका                      १९१ जना                               १० जना
मल्लरानी गाउँपालिका                     ८३ जना                                १३ जना
ऐरावती गाउँपालिका(शिविर)             २०५ जना                             ३१ जना
नौबहिनी गाउँपालिका                                                                ३० जना
गौमुखी गाउँपालिका                                                                  ३० जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *