> राष्ट्रिय > प्यूठानका पाँचै जनाको रिर्पोट नेगेटिभ


प्यूठानका पाँचै जनाको रिर्पोट नेगेटिभ

प्यूठान, २८ चैत ।
कोरोना संक्रमितको आशंकामा जाँच गरिएका पाँचै जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आशंका गरिएका पाँचै जनाको रिर्पोट नेगेटिभ आएको हो ।

भारतबाट आएका एक पुरुष र उनको छोरालाई ज्वरो र खोकी लाग्ने समस्या भएपछि जिल्ला अस्पतालमा स्वाव सङ्कलन गरि बुटवल पठाइएको थियो । नोवेल कोरोना (कोभिड १९) को परीक्षण गर्न ३१ वर्षीय बुवा र उनको १० वर्षीय छोराको स्वाव जिल्ला अस्पतालमा सङ्कलन गरि बुटवल पठाइएको थियो ।

विरामी व्यक्ति चैत ८ गते भारतबाट नेपाल आएका हुन । उनलाई ज्वरो आउने र खोकी लाग्ने समस्या थियो । साथमा उनको छोरामा पनि सोही समस्या देखिएकोले कोरोना परिक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसअघि गौरीफन्टा नाकाबाट नेपाल आएका मध्ये तीन जनालाई दाङको बेलझुण्डी पठाइको छ । मल्लरानी, माण्डवी र ऐरावती गाउँपालिकाका गरि तीन जनालाई बेलझुण्डी पठाएको पालिकाले जनाएका छन् । उनीहरुको पनि कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *