आर्थिक/बिकास

प्यूठानमा १९ करोड वढी राजश्व सङ्कलन

प्यूठान, ६ साउन । जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा १९ करोड वढी राजश्व सङ्कलन भएको छ । १९ करोड ३३ लाख २७ हजार एक सय ४२ रुपियाँ राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले जनाएको छ ।

अग्रिम आयकर चार करोड ६७ लाख १० हजार, सामाजिक सुरक्षा एक करोड ९० लाख ४१ हजार, पारिश्रमिक कर एक करोड ५८ लाख ७९ हजार, राहदानी बापत ६७ लाख १५ हजार राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक तुल्सीराम रिजालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button