> समाज > टिकटक मार्फत सामाजिक कार्य


टिकटक मार्फत सामाजिक कार्य

प्यूठान, २४ साउन । टिकटक प्रयोगकर्ताहरुले समुह निर्माण गरी सामाजिक कार्य शुरु गरेका छन् ।

प्यूठानका ग्रुप होष्टर डिल्लिराज पराजुलीको समुहले आज बुटवलमा बालबालिकाहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गर्न लागेको हो ।

नेपाली हर्ट ग्रुप नाम दिईएको उक्त समुहले नेपाल अभिनास अनाथ आश्रम र रामचन्द्र मैनादेवी आश्रम बुटवलका ३० जना बालबालिका र २ जना कर्मचारीहरुलाई खाद्यान्न र कपडा वितरण गर्न लागेको समुहका सदस्य भुवन सिंहले टेलिफोनमा जानकारी दिनुभयो ।
स्वदेश तथा विदेशमा रहेको करिव १०० जना समुहमा आवद्ध रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *