> समाज > बाग्दुलामा १०१ जना स्थानीयको स्वाव संकलन गरियो


बाग्दुलामा १०१ जना स्थानीयको स्वाव संकलन गरियो

प्यूठान, २२ साउन । बाग्दुला बजारमा एक जना स्थानीयमा कोरोना संक्रमण देखिएपछि आज विहीबार १०१ जनाको स्वाव संकलन गरिएको छ ।

बजार क्षेत्रलाई हिजोदेखि शिल गरिएसँगै थप संक्रमण हुन नदिनका लागि प्यूठान नगरपालिकाले स्थानीयको स्वाव संकलन गरेको हो ।
स्वाव संकलन गरिएका सवै स्थानीय बजारवासी रहेको स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको टोली बाग्दुला पुगेर आज दिनभर स्वाव संकलनको काम गरेको हो ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसासर जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सात जना अहिले आइसोलेसनमा रहेका छन । बाँकी निको भएर घर फर्किसकेका छन् । संक्रमितका स्वास्थ्य अवस्था समेत सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार ३६५ जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *