> राष्ट्रिय > अमरसिंह मा.वि.ले मनायो ५३औ वार्षिक उत्सव


अमरसिंह मा.वि.ले मनायो ५३औ वार्षिक उत्सव

दीपेन्द्र सुनार
प्युठान । प्युठान जिल्ला झिमरुक गाउँपालिका वार्ड न १ मा रहेको श्री अमर शिह माध्यमिक विद्यालय सौतामारे प्युठानले आफ्नो स्थापनाको ५३औ वार्षिक उत्सव तथा अभिभावक दिवस आज भब्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रमको आज जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा समाजसेवी धरम बहादुर जि.सी.ले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।


कार्यक्रम यहीँ माघ ११ गतेबाट संचालन गरि माघ १८ गते सम्म विविध खेलकुद तथा अन्तरसदनात्मक सांस्कृतिक कार्यक्रमहरु संचालन भएका थिए।खेलकुद तथा विविध कार्यक्रमहरु बाट उत्कृष्ट भएका बिद्यार्थीहरु सहित विद्यालयमा अक्षयकोष दाताहरुबाट खडा गरिएको छात्रवृत्ति अतिथिहरुबाट सम्मान सहित पुरस्कार वितरण गरिएको थियो।

साथै विद्यालयमा लामो समयसम्म अध्ययपन गराउनु भएका शिक्षक प्रेम बहादुर जि.सी.लाई सम्मान गरिएको थियो।
कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्युठान का प्रमुख धरम जि.सी.ले विद्यालयको भौतिक , आर्थिक र शैक्षिक सुधारका लागि वार्ड र गाउँपालिकाले सम्बोधन गर्न नसकेका योजनाहरु वार्डको सिफारिसमा आफुले जिल्लामा सक्दो पहल गर्ने बताउनुभएको छ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जि.सी.ले राष्ट्र उज्यालो बनाउन शिक्षा र विद्यालयको नङ र मासुको जस्तै सम्बन्ध रहेको कुरा दर्शाउदै विद्यालयको जन्म उत्सवको पावन अवसरमा सफलताको शुभकामना समेत ब्याक्त गर्नुभएको छ।

त्यस्तै झिमरुक गाउँपालिका कार्यलय शिक्षा युवा तथा खेलकुद साखा प्रमुख मोहन वि.सी.ले देश निर्माण गर्न विद्यालय राष्ट्रको भबिस्य रहेको र अहिलेका साना – साना बालबालिकाहरु लाई भोलिको कर्णधार बनाउन विद्यालयको ठूलो हात रहेको बताउनु भएको छ।

कार्यक्रमको विशेष अतिथि समेत रहेका बि.सी.ले विद्यालय लाई समस्या परेको खण्डमा गाउँपालिका हर्दम तयार रहेको बताउनुभएको छ।


कार्यक्रममा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष धुर्ब्रराज खनालको अध्यक्षता, जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सी. को प्रमुख आतिथ्यता , झिमरुक गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवास रिजाल, र झिमरुक गाउँपालिकाको युवा तथा खेलकुद साखा प्रमुख मोहन बि.सी. को विशेष आतिथ्यता रहेको कार्यक्रममा झिमरुक गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष ददिराम पोख्रेल , झिमरुक गाउँपालिकाका पालिका सदस्य चोप बहादुर बि.क . वार्ड न १ का वडा सदस्यहरु क्रमशः शंकर पोख्रेल , प्रतिमान पुन गीता सुनार , यमुना जिएम र छिमेकी विद्यालयका प्रधानध्यापक साथै शिक्षक प्रतिनिधि र , अभिभावक र चन्दादाताहरु उपस्थित रहेको कार्यक्रममा शिक्षक हरि रायमाझीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक सुर्य जि एम ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *