प्यूठान, १२ साउन । जारी कोरोना संक्रमणको अवस्थामा प्यूठानका ६ वटा स्थानीय तहका १३० जनाको कोरोना जाँचको रिर्पोट आउन बाँकी रहेको छ ।
परीक्षणका लागि पठाइएका मध्ये ६ वटा स्थानीय तहको पीसीआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्यूठान नगरपालिका १३, स्वर्गद्वारी नगरपालिका १०, मल्लरानी गाउँपालिका ५८, माण्डवी गाउँपालिका ३, ऐरावती गाउँपालिका १२ र सरुमारानी गाउँपालिकाको ३४ जनाको स्वाव परीक्षणको रिर्पोट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म २ हजार ६८२ जनाको स्वाव परीक्षणका लागि पठाएकोमा ३३५ जनाको रिर्पोट पोजेटिभ देखिएको हो । जसमध्ये ३२९ जना निको भएर घर फर्किसकेका छन भने ६ जना आइसोलेसनमा रहेका छन् । हाल क्वारेन्टाइनमा २८३ जना व्यक्ति रहेका छन् ।
