प्यूठान, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसर पारेर बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
शहिद उमेश चन्द्र स्मृति प्रतिठानको कार्यालय भवन परिसरमा बृक्षारोपण गरिएको नेकपा प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिनुभयो । कार्यालय परिसर विजुवारमा २० वटा आँपको विरुवा रोपण गरिएको हो ।

यसै वर्ष कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको परिसरमा थप विरुवा लगाई हरियाली बढाउने योजना अघि सारिएको छ ।
कोभिड १९ को संक्रमण अवस्थाले धेरै भेला हुने कार्यक्रम नगरिएको नेकपा प्यूठानले जनाएको छ । बृक्षारोपणमा नेकपा प्यूठानका शिर्ष नेता, नगर क्षेत्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेका पुष्पलाल श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्ली स्थित गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरेका गर्नुभएको थियो । पिता भक्तलाल र माता तुल्सीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो ।
